म्याग्देली कलम
र आहिले हामीले हाम्रा धेरै पाठक शुभचिन्तकहरुको अनुरोध र सल्लाहामा हाम्रा यस म्याग्दीनेपाल वेब टिमका साथीहरुको छलफल पशचात हामीले यससाईटमा म्याग्देली कलम भन्ने नयाँ स्तम्भ राखेका छौ । बिशेष गरेर हामी जहाँ रहेपनि र जहाँ भएपनि हाम्रो भाषा, सस्कृति,साहित्य र कलाको सम्रक्षण र सम्भर्दन गर्नको लागि र स्वदेश तथा प्रबाश रहेका सम्पूर्ण म्याग्देली साहित्य अनुरागीहरुको एक साझा चौतारी निर्माण गरी सम्पूर्ण साहित्य प्रेमिहरुको हरुको लागि थप हौसला र प्रेरणा प्रदान गर्न कियोस् भन्ने उदेश्यले यो स्तम्भको सुरुवात गरेका हौ ।
यसमा यहाँहरुको कथा, कबिता, निबन्ध्, लेख , चिट्ठी, गीत, गजल , मुक्तक्, चुट्किला, चित्रकला जस्ता सबै खालका सिर्जनाहरु लाई उच्च मह्त्त्तो दिइने छ । त्यसैले यहाँहरु सबैलाई आफ्ना साहित्यिक सिर्जनाहरु लाई यस म्याग्देली कलम स्तम्भ मा सहभागी गराउन लागि अनुरोध गर्दछौ ।
